हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई बागमती सरकारले एक लाख दिने

काठमाडौँ । बागमति प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मुत्यु भएकाको परिवारका व्यक्तिलाई प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक–एक लाख रुपैयाँका दरले राहत रकम दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमामा उक्त निर्णय गरेको हो ।

जंगली हात्तीको आक्रमणबाट गतसाता मकवानपुर मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको मृत्यु भएको थियो ।

बैठकले मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जले दिने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पनि पहल गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै, कृषि मन्त्रालय मार्फत् स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शीर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *