राष्ट्रपति निर्वाचनअघि कांग्रेस सरकारमा जानेबारे कुनै छलफल भएको छैन : आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनअघि सरकारमा सहभागी हुनेबारे हालसम्म कुनै छलफल नभएको बताएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे राष्ट्रपति निर्वाचन अगाडी कांग्रेस सरकारमा जानेबारे हालसम्म कुनै छलफल नभएको बताए ।

सोमबार मकालुखबकरसँग कुरा गर्दै उनले पहिले राष्ट्रपति निर्वाचन गर्ने र त्यसपछि मात्र सरकारमा जानेबारे छलफल हुने बताए ।

उनले भने, ‘एमालेले समर्थन फिर्ता लिएको छ । त्यसपछि सरकारमा तत्काल कांग्रेस जान्छ भनेर यो कुरा गरिएको होला । तर हामीलाई हतार छैन । पहिले राष्ट्रपति निर्वाचन सकियोस् अनि मात्र सरकारमा मिलेर मिलाएर जानेबारे कुरा हुन्छ ।’

उनले ८ दलमा भएका सम्पूर्ण पार्टीहरू मिलेर सरकारमा सहभागी हुने समेत बताए । उनले भने, ‘कांग्रेस मात्र होइन ८ दल नै मिलेर सरकारमा सहभागी हुने हो ।’ उनले थपे ‘प्रधानमन्त्री ज्यू ले पुन विश्वासको मत दिनुहुन्छ त्यो पछाडि पनि सरकारमा जान सकिन्छ । यसको बारेका कुनै गृहकार्य भएकै छैन ।’

संविधानको धारा १०० को उपधारा २ मा भनिए अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।

यसो हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः सांसदबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =