शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित
२०७९ फागुन १५ गते

काठमाडौँ। प्रतिनिधि सभाको आज (सोमबार)को बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ। सोमबार १ बजे बसेको बैठकले जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।

६३ बर्षीय रहमानको शनिवार हृदयाघातका कारण निधन भएको थियो। झापाकी स्थायी बासिन्दा रहेकी उनी मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्। प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ।

२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








