अस्पताल भर्नाको १२औँ दिन : यस्तो छ डा. चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य
२०७९ फागुन १५ गते

फाइल फाेटाे
काठमाडौँ । आगलागीको घटनामा परेर घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो ।
उनको उपचारमा संलग्न डा शिल्पाका अनुसार अहिलेसम्म कुनै समस्या देखिएको छैन । भाइटल्स (शरीरको तापक्रम, धड्कनको गति, श्वास-प्रश्वासको दर, रक्तचाप) सबै सामान्य अवस्थामा रहेका छन् । भण्डारी राम्रोसँग बोल्न सक्छन् भने खाना पनि खाइरहेका छन् । भण्डारी १२ दिनयता सो अस्पतालमा उपचाररत छन् ।
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








