प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द, राष्ट्रपतिको निर्वाचनमा केन्द्रीत हुने

काठामण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द भएको छ। पछिल्लो राजनीतिक परिस्थिति र राष्ट्रपतिको निर्वाचनका कारण प्रचण्डले भ्रमण रद्द गरेको उनको सचिवालयले जानकारी दिएको छ।

आजै साँझ बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेका छन्। त्यसका लागि कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाएका छन्।

परराष्ट्रमन्त्री विमला राई पौडेलको भ्रंमण रोकेका प्रचण्डले आफू पनि नजाने निर्णय गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम तय थियो ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =