काठमाडौँ उपत्यकामा पानी पर्यो
२०७९ फागुन १४ गते

फाइल फाेटाे
काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको सामान्य प्रभावले वर्षा भएको हो ।
प्रि-मनसुनको अवधि सुरु हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन वरिष्ठ मौसमविद् शान्ति कँडेल आग्रह गरिन् । केही घण्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनको भनाई छ ।
पोखरामा पनि असिनासहित वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ । वर्षासँगै देशभरको तापक्रम घटेको छ ।
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








