काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

काठमाडौं। आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा भएको छ। अहिले काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखु, जोरपाटी, गोकर्णेश्वर लगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ।

साँझसम्म काठमाडौंमा वर्षा हुने सम्भावना उच्च रहेको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ। पश्चिमी न्यून चापिया वायुको कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भइ पोखरा, लमजुङ, गोरखालगायत क्षेत्रहरुमा छिटपुट वर्षा भइरहेको छ।

प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन जल तथा मौसम बिज्ञान विभागको अनुरोध छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =