कांग्रेस महामन्त्री शर्माको प्रतिक्रिया– अन्ततः पिंजडा भत्किने भयो

काठमाण्डौ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ राजनीतिक समीकरणपछि यसअघिको पिंजडा भत्किन लागेको प्रतिक्रिया दिएका छन्। शुक्रबार साँझ माओवादी र कांग्रेससहित ८ दलबीच राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई जिताउने सहमती भएको छ।

सहमतीसँगै पुरानो गठबन्धन धरापमा परेको छ। पुरानो गठबन्धनलाई संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। नयाँ सरकार बन्नासाथ कांग्रेस महामन्त्रीले प्रचण्डलाई ओलीले पिंजडामा राख्न खोजेको बताएका थिए।

शर्माले लेखेका छन्, ‘पिंजडा, अन्ततः भत्किने भयो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अब नयाँ राजनीतिक समीकरण सुरु भएको बताइसकेका छन्। एमालेले भने माओवादीले धोखा दिएको र देशलाई अस्थिरतातर्फ धकेलेको बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =