आगलागीमा परेर दुई बालकको मृत्यु
२०७९ फागुन १२ गते

प्रतीकात्मक तस्वीर
विराटनगर। पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको आगलागीमा परि दुई बालकको मृत्यु भएको छ। हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा आगोले जलेर दुईजना बालकको मृत्यु भएको हो।
शुक्रबार दिउँसो ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर घरभित्र खेलिरहेका फिदिम नपा–५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातिको ४ वर्षीय छोरा निशान खाति र छिमेकी कुमार पन्थाकको ५ वर्षीय छोरा सेसे पन्थाकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुनिल दाहालले जानकारी दिए।
आगोलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








