मकवानपुरमा हात्तीको आक्रमणबाट माझीको मृत्यु
२०७९ फागुन १२ गते

फाइल फोटो
मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गएराति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए । रासस
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








