लुकाकुको गोलमा इन्टर मिलान विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा इन्टर मिलानले पोर्चुगीच क्लब पोर्टोलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा खेलको ८६औँ मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि पहिलो लिगमा इन्टर मिलानले १-० को अग्रता लिएको छ ।

यस खेलमा खेलको ७८औं मिनेट ओटाभिओले रातो कार्ड पाएपछि पोर्टो १० खेलाडीमा समिति भएको थियो । अब राउण्ड १६ को दोस्रो लिग मार्च १५ मा पोर्टोको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =