काठमाडौँ भ्युटावरका निर्माण ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौँ । काठमाडौंको पुरानो बसापार्कमा निर्माण भइरहेको काठमाडौँ भ्युटावरका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भेटवाललाई बुधबार बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्बभन्दा बढी रकमको घोटालामा उनी मुछिएका थिए । ‘क’ वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।

भेटवालले कमसल जग्गा धितो राखेर ११ करोड ९० लाख रुपैयाँभन्दा बढी ऋण लिएको देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *