हामीले हाम्रो राष्ट्रपतिको उम्मेदवार भारतीयबाट सुन्नुपर्ने ? : रघुजी पन्त
२०७९ फागुन १० गते

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली राजनीतिक नेता, मन्त्री र सांसदले आफ्नो देशको सार्वभौम सत्ताको गरिमा जोगाउन नसकेको बताएका छन् । नेपालको राष्ट्रपति को हुने भन्ने विषयमा भारतीयले विभिन्न व्यक्तिको नाम औँल्याइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।
‘हाम्रो देशको राष्ट्रपति को हुने भन्ने कुरा हामीले विदेशीबाट सुन्नु पर्ने,’ उनले भने, ‘भारतका एक जनाले ट्वीट गरेर नामै लिएर नेपालको राष्ट्रपति यो हुने भनेर भनिरहेका छन् ।’
भारतीय सचिवस्तरको कर्मचारी आउँदा नेपालका प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरु सबैलाई निर्वाध रुपमा भेट्न दिइएको भन्दै त्यसमा रोक लागाउन पनि माग गरे ।
२०७९ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








