पोखरेली व्यवसायी बैंकविरुद्ध सडकमा उत्रिने 

पोखरा । पोखरा र लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध सडकमा उत्रिने भएका छन् ।

यसअघि नै संघर्ष समिति बनाएर विरोध गर्दै आएका उनीहरू बिहीबार सडक सङ्घर्षमा उत्रिने तयारीमा लागेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघले सबै व्यवसायीलाई बिहीबार चिप्लेढुंगामा भेला हुन भनेको छ ।

११ बजेदेखि १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुले गरेको ब्याज वृद्धि, धरपकड र मानसिक आतंक विरुद्ध शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरिएको अध्यक्ष पवन प्रजापतिले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *