बढुवा भएका ४ मध्ये ३ डीआईजीलाई दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा भएका ३ जना डीआईजीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

डीआईजीहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासंगै बढेको पदीय
जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिए।

सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको उल्लेख गरे।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु पर्ने उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =