कर्णालीको समृद्धिका लागि हामी आफैँले भिजन बनाउनुपर्छ : विष्णु रिजाल

सुर्खेत । नेकपा एमाले केन्द्रीय प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजनलले कर्णालीको विकास र समृद्धिका लागि कर्णालीबासी आफैँले भिजन बनाउनुपर्ने र कार्यान्वयन गनुपर्ने बताएका छन् ।

सुर्खेतमा भएको एक कार्यक्रममा बोल्दै उपप्रमुख रिजनलले कर्णालीबाट उचाइको नेतृत्व विकास हुन नसक्दा केन्द्रीय राजनीतिको भागबन्डामा कर्णाली सधैँ पछि पर्ने गरेको बताए । उनले भने, ‘कर्णाली प्रदेशको विकास र समृद्धिको लागि अरू कसैले भिजन दिने होइन । अरू कसैले एक्सन प्लान दिने र हामीले त्यसलाई कार्यान्वयन गर्ने होइन । हामी आफैँले बनाउने हो हामी आफैले कार्यान्वयन गर्ने हो ।’

पार्टीको केन्द्रीय राजनीतिसँग जोडिएर काम गरिरहँदा कर्णालीलाई पनि केन्द्रीय राजनीतिमा स्थान हुनुपर्छ भन्नेमा निरन्तर आवाज उठाइरहेको र धेरै अभ्यासहरू भएको पनि उनको भनाइ छ ।

यस्तै उनले कर्णाली विकासका लागि साझा सहमतिमा काग गर्न सके कर्णालीको विकासले तीव्रता लिने बताए ।

उनले भने, ‘कर्णालीको विकासका लागि अर्को बीस वर्षसम्म हाम्रो साझा भिजन के हुन सक्छ ? सडकको क्षेत्रमा हामी के गर्न सक्छौँ, जलविद्युत, शिक्षा स्वास्थ्यको क्षेत्रमा के गर्न सक्छौँ ?  सरकार परिवर्तन भइरहला कर्णालीको हकमा एउटा पार्टीको सरकार परिवर्तन होला अर्को पार्टीको सरकार बन्ला तर ती मूलभूत चिजहरूलाई एकै ठाउँ राखेर जो आएपनि गतिका साथ अगाडि लैजाने र त्यसमा अवरोध नगर्ने गरी त्यसमा के चाहिँ हामी सहमति गर्न सक्छौँ भनेर विकासमा समझदारी खोज्न सक्छौँ ।’

यस्तै सरकार परिवर्तन भएसँगै सरकारका नितीगत प्राथमिकतामा परिवर्तन हुन सक्छन् । तर यसलाई दुईभाग स्थायी र अस्थायी आवश्यकतामा वर्गीकरण गरेर साझा सहमतिमा काम गर्न सकेमा कर्णाली विकासमा महत्त्वपूर्ण परिवर्तन हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *