महाशिवरात्रीमा आएका साधुसन्तको दक्षिणासहित बिदाइ (तस्बिरहरु)

काठमाडौं। महाशिवरात्री पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्त तथा जोगीहलाई आज बिदाइ गरिएको छ। सोमबार पशुपतिनाथ परिसरबाट चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका अनुसार महाशिवरात्रीका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिएर बिदाई गर्न लागिएको हो। भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ।
साधुसन्तको दक्षिणाका लागि रु आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ।

तस्विरहरु:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *