उद्धार/उपचारको पर्खाइमा ‘मानसिक सन्तुलन’ गुमाएकी बाजुराकी धौली

काठमाडौँ । बाजुराको खप्तड-छेडेदह गाउँपालिका वडा नम्बर ३ पुडाबाब्लाकी धौली नेपाली उद्धार/उपचारको पर्खाइमा छन् । उमेरकै मानसिक सन्तुलन गुमाएकी उनी उद्धार/उपचारको पर्खाइमा रहेकी हुन् ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएकी ३९ वर्षीया धौलीले श्रीमानको मृत्युपछि मानसिक सन्तुलन गुमाएको गाउँपालिका उपाध्यक्ष विसुदेवि नाथले जानकारी दिइन् । ‘विगत ३ वर्षदेखि मानसिक रोगको सिकार हुनुभएको रहेछ । मैले भर्खरै जानकारी पाएँ,’ उपाध्यक्ष नाथले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकाले उपचार नभएको बुझियो ।’

उनलाई माइतीले घरको कोठामा थुनेर राखेका छन् । बाहिर जान दिँदा जथाभाबी बोल्ने र सबैलाई ढुङ्गा हान्नेजस्ता गतिविधि गर्ने भएकाले कोठामा थुन्नु परेको आफन्तको भनाई छ । ‘घरमा हेरचाह गर्ने कोही नभएपछि उनी माइतीको संरक्षणमा छन् । माइती पक्षको आर्थिक अवस्थामा पनि कमजोर भएकाले उपचार हुन सकेको छैन,’ गाउँपालिका उपाध्यक्ष नाथ अगाडि भन्छिन्, ‘उपचार र परामर्श नपाउँदा उन (धौली)को अवस्था झन् बिग्रँदै गएको पाइएको छ ।’

कोठामा नथुन्दा अश्लील शब्द बोल्ने र कपडा समेत फुकालेर हिँड्ने गरेपछि बाध्य भएको थुन्नु परेको हो । उनमा रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरूलाई लखेटी लखेटी कुटपिट गर्ने समस्या छ । धौलीको ७ वर्षको नाबालक छोरा पनि छ । आमाको मानसिक अवस्था ठिक नभएपछि उनले स्याहार तथा शिक्षा पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *