पशुपतिनाथमा विशेष पूजा गर्न १५ हजारसम्म शूल्क !

काठमाडौं । पशुपतिनाथको विशेष पूजा गर्ने रकममा बढोत्तरी गरिएको छ । पशुपति विकास क्षेत्र कोष, सञ्चालक परिषद्, देउद्यानज गौशालाले आज जारी गरेका सूचना अनुसार परम्परागत पूजा र विशेष पूजाको शुल्क बढोत्तरी गरिएको हो ।

गत असार ८ गते बसेको सञ्चालक परिषद्को बैठकको निर्णयअनुसार शुल्क परिमार्जन गरी बढोत्तरी गरिएको कोषले जनाएको छ ।

‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरूबाट परम्परागत रूपमा नै गरिने रु ५,१००/- र रु ११,०००/- को विशेष पूजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषद्को बैठकको निर्णयले उक्त पूजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजनिक सूचनामा भनिएको छ ।

विशेष प्रकृतिको पूजा लागि शुल्क लिँदा व्यवस्थापनमा सहज हुनुको साथै पावन पाशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *