४ सय किलो गाँजा बाेकेकाे पिकअपसहित चालक पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ हिले–छिन्ताङ सडक खण्डमा लागुऔषध गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीको टोलीले छिन्ताङबाट हिले तर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा ढालाभित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको हो ।

उक्त गाडी प्रहरीले रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी चालक फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात् फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चालक सहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय किरण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई सम्मानित धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *