बिटी कपको उपाधि गन्नी एफसीलाई

पोखरा । पोखराको प्रतिष्ठित मध्येको फुटबल प्रतियोगिता बीटी कपको उपाधि गन्नी एफसीले जितेको छ । १५ औँ विटी कप तथा छैटौँ वीरेन स्मृति सेभेन ए साइड खुला फुटबलमा गन्नीले लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले हराएर विजयी भएको हो ।

गन्नीको जीतमा अनिश तामाङले निर्णायक गोल गरे । गन्नीले उपाधिसँगै १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको लामागाउँले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा गन्नी एफसीका अनिश तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएर नगद ८ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *