लागुऔषध गाँजा बोकेको पिकअपसहित २ जना पक्राउ

काठमाडौँ । सुनसरीको देवानगञ्जमा गाँजा बोकेको पिकअप भ्यानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगञ्जज गाउँपालिका–६बाट लागुऔषध गाँजा बोकेको पिकअप भ्यान सहित दुई जना पक्राउ परेका हुन् ।

राजगञ्ज सिनवारी–कप्तानगञ्ज सडक खण्डबाट को १ ज १६६१ नम्बरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा कुचोभित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा)  गाँजा बरामद गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजासँगै पिकअपका चालक धरान–१६ का २७ वर्षीय पूर्णबहादुर राई र सहचालक विजय राई समेत पक्राउ परेका छन् ।

गाँजा बोकेको पिकअप गाडीसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *