घर भत्काउने क्रममा लडेर ललितपुरमा एक जनाको मृत्यु

ललितपुरमा घर भत्काउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सवा ३ बजेतिर ललितपुर महानगरपालिका २७ सुनाकोठ्ठी स्थित बाबुराज महर्जनको ईट्टा र माटोले बनेको ३ तले कच्ची घर भत्काउने क्रममा ३ तला माथीबाट खस्दा उनको ज्यान गएको हो।

ललितपुरकै बागमती गाउंपालिका ६ आश्राङ बस्ने ३५ वर्षीय बिशाल मोक्तान ईट्टा र माटोले पुरिएका थिए। उनलाई तत्काल पाटन अस्पताल लगिएको भएपनि उपचारको क्रम्मा ३ः४० तिर ज्यान गएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *