चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
२०७९ माघ २९ गते

काठमाडौँ । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचनको मिति तोकेको छ । उक्त प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको छ ।
उक्त क्षेत्रबाट ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसकाका सदस्यकाे कार्यकाल ६ महिनाभन्दा बढी बाँकी रहेकाे अवस्थामा उक्त पद रिक्त भए उप निर्वाचन गरी नयाँ प्रतिनिधि चयन गर्ने पर्ने कानुनी व्यवस्था छ ।
उपनिर्वाचन कार्यक्रम अन्तर्गत १ देखि १६ फागुनसम्म मतदाता नामावली अद्यावधिक गर्ने, चैत २० गते उम्मेदवारकाे मनाेनयन दर्ता, उम्मेदवारमाथि उजुरी दिने २१ चैतमा, २२ चैतमा उम्मेदवारकाे नामावली सार्वजनिक गर्ने, २३ चैतमा उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

२०७९ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








