गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गरिने प्रतिवद्धता जनाएका छन् ।

गेटा मेडिकल कलेज सञ्चालनको मागसहित प्रधानमन्त्री भेट्न पुगेका सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञलगायतको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए ।

‘यो सुदूरपश्चिम र सिंगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो,’ प्रचण्डले भने, ‘नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौँ ।’

यो कलेज र विश्वविद्यालय सञ्चालनबारे थप घोषणा प्रधानमन्त्री प्रचण्डले सोमबार (भोलि) सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नेसमेत बताएका छन् ।

कैलालीको गेटामा रु. ५ अर्ब लागतमा ६०० शैयाको अस्पताल र मेडिकल कलेजका लागि आवश्यक २८ वटा आधुनिक भवन निर्माण भएका छन् । तर, अझै सञ्चालन भने हुन सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *