सुदूरपश्चिम प्रदेश

विद्यार्थी राजनीतिबाट उदाएका दुई युवा बने मन्त्री 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नवनियुक्त दुई मन्त्री प्रकाशबहादुर देउवा र नरेशबहादुर शाहीले पहिलो पटक संसद् भएकै बेला प्रदेश सरकारको नेतृत्व गरेका छन् ।

शुक्रबार मन्त्री नेपाली कांग्रेसका प्रदेशसभा सदस्य  प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवार सम्हालेका छन् भने नेकपा समाजवादीका नरेशबहादुर शाहीले आर्थिक मामिला मन्त्रीमा नियुक्ति पाएका छन्  । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भए ।

सोही अवसरमा देउवा र  शाहीले पनि प्रदेश सभा सरकारको यात्रा गर्ने मैका पाएका थिए । उनीहरूका लागि यो प्रदेश सरकारको यात्रा चिठ्ठा परेको छ । दुवै जना विद्यार्थी आन्दोलनबाट उदाएका युवाहरू संसदीय यात्रामासँगै रहने भएका छन् ।

को हुन् नरेश शाही
शाही २०३८ जेठमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-५ डेरामा जन्मेका हुन् । स्वर्गीय बुबा जयबहादुर शाही खेतीपातीको काम गर्थे । आमा नानकला शाही गृहिणी हुन् । गाउँकै भैरवनाथ निम्न माध्यमिक विद्यालयमा उनले कक्षा ७ सम्म पढे । स्वामीकार्तिक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

विद्यार्थीकालदेखि नै राजनीतिप्रति आकर्षित शाहीले २०५१ मा अनेरास्ववियुको सदस्यता लिएका हुन् । २०५२ सालमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य समेत बन्न पुगे । उनको लगाव, कार्यशैली र क्षमताले नै हो उनी २०५३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिव चुनिए । उनको राजनैतिक यात्रा निरन्तर उकालो लाग्यो । २०५४ मा युवा संघको इलाका कोषाध्यक्ष बने । भर्खर जुँघाकोरेखी बसेका शाही युवा अवस्थामा प्रवेश गर्दै गर्दा उनलाई युवा संघको इलाका कोषाध्यक्ष बन्ने अवसर प्राप्तभयो ।

२०५४ सालमा अनेरास्ववियुको पिपुल्स भोलेन्टीयर जिल्ला कमिटी सदस्य बनेका शाही २०५५ सालमा युवा संघको जिल्ला अध्यक्ष बने । उनी युवा संघको जिल्ला अध्यक्ष बन्दा जम्मा १७ वर्षका थिए । २०६० मा युवा संघ जिल्ला कमिटीको संयोजक बनेका शाही २०६१ मा जिल्ला अध्यक्ष बने । उनी युवा संघको जिल्ला अध्यक्ष बन्दा उनको उमेर २३ वर्ष थियो । २३ वर्षको कलिलो उमेर, कतिपय युवाहरूलाई युवा भनेको के हो भन्न पनि थाहा थिएन । कतिपय युवा कुलतको लत्तमा मात्तिने बेला उनी भने युवासंघ बाजुराको जिल्ला अध्यक्ष बने । यसमा उनको पसिना र लगाव छ भन्छन्- युवा नेता सतल विक । उनी अवसरका लागि क्षमताको आवश्यकता पर्ने बताउँछन् ।

नरेश शाही त्यस्ता पिपल हुन जसलाई उम्रिनका लागि उनको गरिबी, अभाव, दुर्गम तथा विपन्नताले कहिल्यै छेकेन । उनका आफ्नै बाध्यता पनि हुँदा हुन तर ती बाध्यताको कुनै वास्ता नगरी सहज व्यवस्थापन गर्ने क्षमता उनमा भएको सम्झिन्छन् उनका सहयात्री रत्नचन्द्र जोशी । सानै देखिको उनको लगाव र कार्य शैलीले सबै युवा प्रभावित भएको जोशी सम्झिन्छन् ।

२०६१ मा युवा संघको अध्यक्ष बनेका शाही २०६२ मा नेकपा एमाले जिल्ला कमिटी सदस्य बने । २०६३ मा उनी युवा संघको केन्द्रीय कमिटी सदस्य निर्वाचित भए । २०६५ मा उनी जिल्ला कमिटी सचिवालय सदस्य बने । २०६६ मा युवा संघको स्थायी कमिटी सदस्य एवं केन्द्रीय कार्यालय सचिव बनेका शाही २०६९ मा युवा संघको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भए । २०७४ मा युवा संघ नेपालको केन्द्रीय महासचिवमा निर्वाचित भएका नरेश शाही युवा संघको महासचिव हुँदै गर्दा देश भरका युवाहरूको परिचालन गर्थे । २०७८ सालमा नेकपा एमाले विभाजित भयो । एमाले विभाजन पछि उनी एकीकृत समाजवादी  केन्द्रीय सदस्य समेत हुन् । पढाईमासमेत अब्बल छन् ।

गत आम निर्वाचनमा शाही बाजुरा–१ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए ।  शाहीले १० हजार ९७३ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बल देख रेग्मीले ८ हजार ६३२ मत ल्याएका थिए ।

को हुन् प्रकाशबहादुर देउवा
२०४० साल भदौ ५ गते कञ्चनपुरको कृष्णपुरमा जन्मेका देउवाका बुबा स्वर्गीय ललितबहादुर देउवा सामान्य घरायसी काम गर्थे । स्वर्गीय आमा मोतीदेवी गृहिणी थिइन् । कृष्णपुरबाटै स्कुले पढाइ सकेर उनले धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसबाट प्रवीणता तह उत्तीर्ण गरे । त्यसपछि काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातकोत्तर सकेका हुन् ।

देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा पनि हुन् । लामो समय कांग्रेस नेता आरजु राणा देउवाको सचिवालयमा रहेर समेत उनले काम गरेका छन् । परिवारमै उच्च राजनीतिक व्यक्तित्वको साथ पाएर उनी नेपाली कांग्रेसप्रति आकर्षित भए । आफू नेविसंघ हुँदै राजनीतिमा आएको उनी बताउँछन् । देउवा अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन् ।

उनी गत मंसिरमा भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (ख)मा विजयी भए । कैलाली-५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा ५ ख का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउँदै कांग्रेसले देउवालाई प्रदेशसभामा टिकट दिएको थियो ।

उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेशसभा (ख)बाट ९ हजार ५ सय ९१ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले ६ हजार ४ सय ५१ मत प्राप्त गरे । चुनावपछि कांग्रेस संसदीय दलको नेतामा समेत दाबी गरेका देउवा अन्तमा कमल शाहलाई सर्वसम्मत मुख्यमन्त्री बनाउनेमा सहमत भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *