सुदूरपश्चिममा अबका मुख्यमन्त्री कांग्रेसका कमलबहादुर शाह

काठमाडौँ । एमालेबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका राजेन्द्र रावल नेतत्वको सरकार ढलेसँगै अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । संविधानको धारा १६८ उपधारा (३) अनुसार अब संसदको सबैभन्दा ठूलो ठूलो दलको नेतृत्वमा सरकार बन्ने भएको हो । सुदुरपश्चिममा नेपाली कांग्रेस पहिलो दल हो ।

त्यसअनुसार अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

शाह कैलाली २ (ख) बाट निर्वाचित भएका हुन् । सुदुरपश्चिममा कांग्रेसको १९, माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७, एकीकृत समाजवादी ४ र १ स्वतन्त्र सांसद छन् ।

बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री रावल नागरिक उन्मुक्ति सहितको २९ सांसदको सार्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले आफ्नो पार्टीका संरक्षक रेशम चौधरीको रिहाईका लागि एमाले सकारात्मक नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वासको मत नदिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *