सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, विश्वासकाे मत माग्दै मुख्यमन्त्री रावल [LIVE]

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक बिहानै बस्ने भनेपनि सारिएको थियो ।

खासगरी  नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएपछि बुधबार नै बस्ने भनिएको बैठक बिहीबारका लागि सारिएको थियो ।

बैठक सारेर बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता क्षेष्ठसँग छलफल गरेको थिए । तर आफूहरुको माग सम्बोधन गर्न एमाले तयार नभएको भन्दै नाउपाले बिहीबार पनि मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान लिइरहेको छ ।

अहिले बस्न लागेको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत प्रमाणित गर्न नसके उनी स्वतः पदमुक्त हुनेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *