अग्नी सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष बनाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा दुई नेतालाई मनोनीत गरेको छ। पूर्व सभामुख अग्नि सापकोटा र उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्ष मनोनीत गर्ने निर्णय स्थायी समिति बैठकले गरेको हो।

महासचिव देव गुरुङका अनुसार अब माओवादीमा तीन जना उपाध्यक्ष रहने भएका छन्। यसअघि उपाध्यक्ष कृष्णबहादुर महरा मात्रै थिए। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्।

स्थायी समितिले पदाधिकारीसँगै स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिको पनि टुङ्गो लगाएको छ।

अब माओवादीमा पदाधिकारी २२ जना रहने भएका छन्।

स्थायी समिति ४४ जना, केन्द्रीय समिति ३८६ र वैकल्पिक केन्द्रीय समिति २०२ जनाको बनाउने निर्णय माओवादीले गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *