रियल म्याड्रिडको अप्रत्याशित हार

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । आइतबार साँझ सम्पन्न खेलमा रियल म्याड्रिडलाई मल्लोर्काले १-० गोल अन्तरले पराजित गरेको हो ।

मल्लोर्काको जितमा रियल म्याड्रिडकै नाचोके खेलको १३औं मिनेटमा आत्मघाती गोल गरेका थिए । सोहि गोल नै खेलको निर्णय गोल बनेको थियो । यस खेलमा खेलको ६०औं मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टी मार्को असेन्सियोले गोल गर्न नसक्दा रियल म्याड्रिडले हार बेहोर्नु परेको थियो ।

रियल म्याड्रिडको यो हारको फाइदा भने बार्सिलोनालाई भएको छ । अब बार्सिलोनालाई रियल म्याड्रिडमाथि स्पष्ट ८ अंकको अग्रता लिने अवसर भएको छ । हाल २० खेलमा रियल ४५ अंकसहित दोस्रो स्थानमा छ भने बार्सिलोना १९ खेलमा ५० अंकसहित शीर्ष स्थानमा छ । मल्लोर्का भने २० खेलमा २८ अंकसहित १०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *