टोटनहमसँग म्यानचेस्टर सिटी पराजित, केनको कीर्तिमानी गोल

काठमाडाैँ । ह्यारी केन टोटनहमका लागि इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् । उनकै निर्णायक गोलको मद्दतले टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ ।

१५औं मिनेटमा केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । उनले पिएर इमिल होज्वजर्गको पासमा गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको सिटीले त्यसपछि घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि टोलीको रक्षापङ्ति तोड्न सकेन ।

केनले टोटनहमका लागि २ सय ६७ औं गोल गरे र यसअघि सर्वाधिक गोलको कीर्तिमानमा आफ्नो नाममा राखेका जिम्मी ग्रेभ्सलाई उछिने ।

हारले सिटीको लिग उपाधि जित्ने अभियानमा धक्का पुगेको छ । यो खेल जितेको भए सिटीले शीर्षमा रहेको आर्सनलमाथि दबाब सिर्जना गर्न सक्ने थियो । आर्सनल ५० अंकमा पहिलो स्थानमा छ भने उसको पछाडि सिटीको ४५ अंक छ । टोटनहम भने ३९ अंकमा पाँचौंमा रह्यो ।

प्रिमियर लिगकै अर्काे खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १-० ले पराजित गरेको छ । नटिङहमको जितमा ब्रेननान जोन्सनले १४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै नटिङहम २० खेलबाट २४ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित लिड्स १८ अंक जोडेर १७औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *