प्रदेश १ सञ्चार प्रतिष्ठान चाँडै गठन हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को मिडियालाई व्यवस्थित गर्न सञ्चार प्रतिष्ठान चाँडै गठन गर्ने बताएका छन् । सञ्चार प्रतिष्ठान बनाएर प्रदेश १ मा सञ्चार र पत्रकारितालाई व्यवस्थित गरिने उनले बताएका हुन् ।

हिजोका दिनमा गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा यस अघिका सरकारले खारेजगरेको प्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री कार्कीले अबको केही दिनमा नै कानुन बनाएर प्रदेश सञ्चार प्रतिष्ठान गठन हुनेमा विश्वस्त हुन आग्रह गरे । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिताको क्षेत्र विकासका लागि सरकार लाग्ने बताए ।

सरकार गठन भएपछि बधाई तथा शुभकामनाका कारणले सरकारको कामले गति लिन नसकेको स्वीकार गरेका मुख्यमन्त्री कार्कीले सबैलाई बधाईको लागि सरकारका मन्त्री र मुख्यमन्त्रीको समय नलिईदिन पनि आग्रह गरे । ‘हामी सरकारमा आएपछि गति दिएर काम गर्न पाएका छैनौैँ, उनले भने, बधाई दिने कुरालाई नागरिक तहबाट नै रोकिदिन आग्रह गर्दछु ।’ उनले अबको केहीमा नै सरकारले आफ्नो लयमा काम गर्ने समेत स्पष्ट पारेका छन् ।

विराटनगर महानगर पालिकाकी उपमेयर शिल्पा निराला कार्कीले महानगरपालिकालाई खबरदारी गर्ने काममा मिडियाको भूमिकाको अपेक्षा गरेको बताइन् । उनले सवैखालका सूचनाहरू सञ्चारकर्मीले सम्प्रेषण गरी नागरिकसम्म प¥याउने काम गरेको बताइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले पत्रकारिता भित्र राजनीति गर्नका लागि मात्र पत्रकार हुँ भन्दै हिँड्ने प्रवृत्ति देखिएको बताए । विभिन्न पत्रकारका पेसागत सङ्गठनहरूले व्यावसायिकता कुरामा ध्यान दिन सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, पत्रकार महासंघ मोरङ अध्यक्ष सञ्जीव खनाल, प्रेस चौतारीका सचिव विक्रम लुइँटेल लगायतले पत्रकारिताको पछिल्लो अवस्थाको बारेमा धारणा राखेका थिए ।

दुई पत्रकार पुरस्कृत
प्रेस चौतारीको स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार र जनार्दन मैनाली पत्रकारिता पुरस्कार वितरण गरिएको छ । तेजेन्द्र भण्डारीलाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । दिनेश सुब्बालाई कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारको राशि ११ हजार एक सय रहेको छ भने जनार्दन मैनाली पत्रकारिता पुरस्कारको राशि १५ हजार पाँच सय रहेको प्रेस चौतारी जिल्ला अध्यक्ष सुदिप कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *