क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ । ईङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि जेफ्री स्च्लुपले एक गोल फर्काएका थिए ।

यस खेलको ७०औँ मिनेटमा क्यासिमिरोले रातो कार्ड पाउँदा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको २१ खेलमा ४२ अंक भएको छ । त्यस्तै क्रिस्टल प्यालेसको २१ खेलमा २४ अंक छ र लिगमा १२औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *