एभर्टनले हरायो शीर्षस्थानको आर्सनललाई

काठमाडौं । ईङलिश प्रिमियर लिगअन्तर्गत एभर्टनले आर्सनललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टनले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा खेलको ६०औं मिनेटमा जेम्स टार्कोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एभर्टनको २१ खेलमा १८ अंक भएको छ र लिगमा १७औं स्थानमा उक्लिएको छ ।

एभर्टनले आफ्नो दशौँ खेलमा पहिलो जित हासिल गरेको छ । यस सिजनमा खराब प्रदर्शन गरेपछि अघिल्लो साता एभर्टनले आफ्ना प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरेको थियो । लाम्पार्डलाई बर्खास्त गरेपछि एभर्टनले सीन डीचेलाई नयाँ प्रशिक्षक बनाएको थियो ।

हारपछि आर्सनलको २० खेलमा ५० अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अंकले अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *