मेस्सीको निर्णायक गोलमा पिएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनेल मेस्सीले एक/एक गोल गरेका थिए । त्यस्तै टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *