जनकपुरमा मिटरब्याजी साहको घरमा प्रहरीको छापा, पेस्तोल र गोलीसहित पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले एक मिटरब्याजीलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ का ४१ वर्षीय दिलीप साह छन् ।

मिटर ब्याज विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपक कुमार राय नेतृत्वको टोलीले साहको घरमा खानतलासी गर्न पुगेको थियो । सो क्रममा प्रहरीले पेस्तोल र गोलीसमेत फेला पारेको र साहलाई समेत पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिटरब्याजी साहको घरबाट कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरू, खाली चेकलगायत कागजात तथा कटुवा पेस्तोल एक थान, राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको छ ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *