एमबाप्पे तीन हप्ता मैदानबाहिर

काठमाडाैँ । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे तीन हप्ता मैदानबाहिर रहने भएका छन् । तिघ्राको चोटका कारण एमबाप्पे खेल्न नसक्ने भएका हुन् ।

फ्रेन्च लिग वानअन्तर्गत दुई दिनअघि मोन्टपेलियरविरुद्धको खेलमा उनी घाइते भएका हुन् । सो खेलमा उहाँ २१औँ मिनेटमै मैदानबाट बाहिरिएका थिए ।

च्याम्पियन्स लिगअन्तर्गत पीएसजी र बायर्न म्युनिखबीचको खेल ११ दिन मात्र बाँकी छ । त्यसैले एमबाप्पेले सो खेल गुमाउने भएका छन् । एपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *