बेन्जेमा चम्कँदा रियल म्याड्रिडको सहज जित, घट्यो बार्सिलोनासँगको अंक दुरी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७२औं मिनेटमा गाब्रियल पाउलिस्टाले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएका थिए ।

यो जितपछि रियल म्याड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अन्तर घटाएको छ । रियल म्याड्रिडको १९ खेलमा ४५ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको भने १९ खेलमा ५० अंक रहेको छ र रियल म्याड्रिडभन्दा ५ अंकले अगाडी छ । भलेन्सियाको भने १९ खेलमा २० अंक छ र लिगमा १४औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *