अघिल्लो सरकारको अध्यादेश गण्डकी प्रदेश सभाबाट पारित

पोखरा । संसदको बर्खे अधिवेशन रोकेर अघिल्लो सरकारले २ अध्यादेश ल्यायो । निजामती सेवा अध्यादेश र स्थानीय सेवा अध्यादेश नयाँ संसद बैठकमा पेस भयो ।

कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेश अहिले प्रदेश सभा बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।

अहिले गण्डकीमा एमाले नेतृत्वमा सरकार बनेको छ । कांग्रेसले आफ्नो पालामा अध्यादेश आएकोले समर्थन गरेको हो । पुस १८ गते बसेको बैठकमा तत्कालीन कानुन मन्त्री बिन्दुकुमार थापाले अध्यादेश टेबुल गरेका थिए ।

अध्यादेशमाथि छलफल समेत नगरी पास गरिएको हो । हालका मन्त्री रोशन गाहा मगरले अध्यादेश पारित गर्ने प्रस्ताव टेबल  गरेका थिए । असोज ७ गते अध्यादेश जारी गरेपछि सरुवा बढुवा लगायत काम धमाधम भैरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *