टुकुचा उत्खनन कानुनविपरीत भएको उच्च अदालतको फैसला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूमिगत अवस्थामा रहेको ठाउँमा टुकुचा खोलाको उत्खनन गरी कानुनविपरीत काम गरेको उच्च अदालत पाटनले ठहर गरेको छ । बुधबार न्यायाधीशहरु महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलाशले यस्तो ठहरसहितको फैसला सुनाएको हो ।

यो फैसलासँगै अब महानगरले टुकुचा खोला उच्खनन गर्न नपाउने भएको छ ।

महानगरपालिकाले जय नेपाल सिनेमा हल भएको क्षेत्रमा टुकुचा खोलाको उत्खनन गरी सतहमा ल्याउने कोसिस गरेको थियो । १३० वर्ष अघि भूमिगत गरिएको उक्त खोला उत्खनन गर्नु कानुनविपरीत भएको अदालतको ठहर छ ।

भूमिगत गरिएको खोलामाथि घर तथा भौतिक संरचनाहरु बनेका थिए । यस क्षेत्रमा घर तथा जग्गा भएका जग्गा धनी र संघसंस्था गरी २२ जनाले महानगरको उक्त कार्य कानुनविपरीत रहेको भन्दै उक्त कार्य रोक्न मागसहित उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।

यसअघि अदालतले यही मुद्दाको प्रारम्भीक सुनुवाई गर्दै खोला उत्खनन नगर्न महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *