सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने क्यानकाे निर्णय

क्यानको वार्षिक साधारणसभा १४ र १५ फागुनमा सुर्खेतमा गरिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यन)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । नाबालिगमाथि बलाग्कारको आरोप लागेका लामिछानेलाई क्याले अनुशासन उलंघनको कारवाही स्वरुप लिम्बन गरेको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षमा पोखरामा मंगलबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै संघको आगामी वार्षिक साधारणसभा १४ र १५ फागुनमा सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले बाग्लुङ र पर्वत जिल्ला क्रिकेट संघको तदर्थ समितिलाई मान्यता दिने र अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै, क्यान बैठकले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेकोले गभर्निङ काउन्सिल विघटन गर्ने, उक्त प्रयोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको भारतको सेभेन थ्रि स्पोर्टस् प्रालिसँगको सम्झौतालाई निरन्तरता नदिने र यसको निर्णयाका लागि वार्षिक साधारणसभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

यसअघि उक्त भारतीय कम्पनीले मंगलबार नै क्यानलाई पत्र पठाएर क्यानसँगको सम्झौता रद्ध गरेको जनाएको थियो ।

बैठकले क्यानका कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लले पदबाट दिएको राजीनामा अनुमोदन गरेको छ । त्यस्तै, कार्यवाहक सचिवमा कार्यसमिति सदस्य दुर्गाराज पाठकलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्ता छन् क्यानका निर्णयहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *