दैलेखमा गाडी दुर्घटना अपडेट : १३ जना घाइते

दैलेख । दैलेखमा भएको गाडी दुर्घटनामा १३ जना घाइते भएका छन् । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ को रामाघाटमा मंगलबार गाडी दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर शाहका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

चालक प्रहरी नियन्त्रणमा रहेको र घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दैलेखमा गाडी दुर्घटना, ७ जना घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *