मधेसकाे नीति तथा योजना आयोगका उपाध्यक्ष झाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको विकास बारे योजना बनाउन तथा प्रदेश सरकारको आर्थिक सल्लाहकारको रूपमा मानिने आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।

लालबाबु राउत नेतृत्वको सरकारले २०७६ भदौ २२ मा डा. झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । त्यसअघिका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर डा. भोगेन्द्र झालाई ल्याइएको थियो । चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा आफूले राजीनामा दिएको झाले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्रको प्राध्यापकबाट अवकाश प्राप्त डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रूपमा चिनिन्छन् । संघमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री फेरिएपछि आफू योजना आयोगमा अनुकुलको पदाधिकारी ल्याउने चलन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *