मोरङका प्रजिअ भट्टराई भन्छन्, ‘हरेक दिन गरेका कामको विवरण सार्वजनिक गर्छु’

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचनालाई पारदर्शी बनाउने बताएका छन् । कार्यभार सम्हाल्न कार्यालयमा हाजिर भएपछि मंगलबार पत्रकार र गैरसरकारी संस्थासँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ भट्टराईले हरेक दिन गरेका कामको विवरण सार्वजनिक गर्ने घोषणा गरे । उनले जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह नागरिकता, राहदानी, सिफारिसलगायत दैनिक कामको विवरण पनि साँझ सार्वजनिक गर्ने बताए । यो काम अहिले तत्काल नभई एकदुई दिनमा नै सुरू हुने उनको भनाइ छ ।

‘फर्म्याटमा ढाल्न केही समय लाग्ला,’ उनले भने, ‘मैले साथीहरूलाई आजैदेखि काम थाल्न भनिसकेको छु ।’

मिडियाले समाज रूपान्तरणको उजागरमा भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए । लुकेर रहेका बिषय खोजी गरी उजागर गर्ने काममा मिडियाको साथ चाहिएको उनले बताए ।

उनले सबै संघ संस्थासँग साझेदारीमा कम गर्नु पर्ने बताए ।

‘पिरमर्कामा परेका ईश्युलाई अघि बढाउनु पर्छ,’ उनले भने, ‘गैसससँग समन्वय गरेर जानू पर्छ ।’

प्रजिअ भट्टराईले महिला, बालबालिका, जेष्ठ नागरिकको बिषयमा गम्भीरताका साथ अघि बढ्नुपर्ने अबस्था रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *