बञ्चरोले हानेर छोराले गरे आमाको हत्या

काठमाडाैँ । कैलालीमा छोराले बञ्चराे प्रहार गरी आमाकाे हत्या गरेका छन् । सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका श्रीराम थारुले आमा लगनी थरुनीमाथि बञ्चराे प्रहार गरेका हुन् ।

गम्भीर घाइते भएकी उनकाे धनगढीकाे नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *