सुदूरपश्चिमका भूकम्प पीडितलाई तत्काल राहत प्रदान गर्न माग

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका भूकम्प पीडितले अहिलेसम्म सरकारबाट कुनै राहत नपाएको गुनासो आफ्ना जनप्रतिनिधिमार्फत गर्न थालेका छन् ।

गत कार्तिक २२ गते बझाङ जिल्ला खप्तड छान्ना केन्द्रबिन्दु र यही माघ १० गते बाजुराको बिछ्यालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले मानवीय क्षतिसहित ४ हजार १ सय ८६ घरहरू भत्केका थिए । भूकम्पका कारण सुदूरपश्चिमका पहाडी अछाम २ हजार ८ सय ५९ बाजुरा १ हजार १ सय ३३ डोटी ९५ बझाङ ९२ डडेलधुरा ७ वटा निजी घरहरू भत्केको तथ्याङ्क छ ।

अछाम, बाजुरा, डोटी, बझाङ र डडेलधुरा मा भएको मानवीय क्षतिसहित भौतिक संरचना घरहरूको भएको क्षतिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा बुझाइ सक्दा पनि हालसम्म सुनुवाइ नभएको अछामबाट प्रतिनिधित्व गर्ने पूर्व श्रम मन्त्री शेरबहादुर कुवरले बताए । उनको टोलीले आजै गृह मन्त्रालय अन्तरगत विपत् व्यवस्थापन कार्यालयका कार्यकारी प्रमुख अनिल पोख्रेललाई भेटी सरकारले यस अगाडि भूकम्प पीडितका लागि गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरेको हो ।

भूकम्पका कारण क्षति भएका घर परिवार लाई हिमाली जिल्लामा प्रति घरपरिवार ५ लाख, पहाडी जिल्लामा प्रति घरपरिवार ४ लाख दिने निर्णय नेपाल सरकारले गरिसकेको छ । सरकारले भूकम्प पीडितलाई राहत दिने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको जनगुनासो आएपछि पूर्व मन्त्री कुवरले सम्बन्धित निकायलाई यथाशीघ्र चाँडो कार्यान्वयन गर्न गर्न आग्रह गरेका छन् ।

निर्णय तत्काल कार्यान्वयन गराउन पूर्व मन्त्री तथा अछाम १ का प्रतिनिधिसभा सांसद कुँवर र अछाम १ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य मेघराज खड्कालगायत आज गृह मन्त्रालय पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *