कोपाको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने

काठमाडौँ । बार्सिलोना र रियल म्याड्रिड यस वर्षको कोपा डेल रेको सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । सोमबार भएको सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको हो ।

अब कोपा डेल रे को सेमिफाइनल यस सिजनको तेस्रो एल क्लासिको हुने भएको छ । यस सिजनको शुरुमा अक्टोबरमा ला लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने बार्सिलोनाले त्यसको बदला लिँदै रियादमा सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब सेमिफाइनलको पहिलो लिग मार्च १ मा रियलको घरेलु मैदानमा हुने छ भने दोस्रो लिग अप्रिल पहिलो साता क्याम्प नेउमा हुने छ । त्यस्तै कोपाको अर्को सेमिफाइनलमा भने एथलेटिक कल्ब र ओसासुनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *