अग्रता जोगाउन नसक्दा रोकियाे पिएसजी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजी रेइम्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

रेइम्सले खेलको ९६औं मिनेटमा गोल गर्दै पिएसजीको जितलाई रोकेको थियो । रेइम्सका लागि फोलारिन बालोगनले गोल गर्दै रेइम्सलाई एक अंक दिलाएका थिए । यसअघि पिएसजीका लागि खेलको ५१औं मिनेटमा नेइमारले गोल गरेका थिए ।

यसखेलमा खेलको ५९औं मिनेटमा मार्को भेराटीले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि पिएसजीको २० खेलमा ४८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको लेन्सभन्दा ३ अंकले मात्र अगाडी रहेको छ । रेइम्सको २० खेलमा २६ अंक छ र लिगमा ११औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *