थुनुवा कक्षको पर्खाल भत्काएर धनुषामा ६ अभियुक्त फरार

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाटै ६ अभियुक्त फरार भएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले ६ अभियुक्त फरार भएको पुष्टि गरे । उनले थुनुवा कक्षको पर्खाल भत्काएर अभियुक्तहरू फरार भएको बताए ।

लागुऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएको डिएसपी क्षेत्रीले बताए ।

फरार अभियुक्तहरूको खोजी भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *