रविलाई पुन: गृह मन्त्री बनाउन बालकोट र समर्थको दबाब, द्विविधामा प्रधानमन्त्री

काठमाडौँ । रवि लामिछानेलाई पुनः गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्तासाझदार एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बबाब दिइरहेका छन् । उनका समर्थकले पनि उनलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग राखिएरहेको छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने यसका लागि तयार भइसकेका छैनन् । यसबारे निर्णय लिन प्रचण्डलाई गाह्रो परिरहेको उनको सचिवालय स्रोतले बताएको छ । खासगरी अहिले प्रचण्ड यसबारे द्विविधामा छन् ।

रविले नागरिकता लिए पनि उनले पहिलाको अवैध बनेको नेपाली नागरिकताकै प्रयोग गरेर अमेरिकी नागरिक नै रहँदा नेपाली राहदानी समेत लिएकोले तत्काल उनलाई सरकारमा सहभागी गराउँदा झनै समस्या आउन सक्ने प्रचण्डको बुझाइ छ । त्यसमाथि गृह मन्त्रालयकै जिम्मेवारी दिँदा हुन सक्ने चौतर्फी विरोधका कारण पनि उनले यसबारे निर्णय लिन सकिरहेका छैनन् ।

स्रोतले भन्यो ‘रविजीको पासपोर्ट र अन्य डकुमेन्टमा पनि समस्या भएको हुनसक्छ । छानबिनको क्रममा रहेकाले हाल उहाँ सरकारको जिम्मेवारी लिने ठाउँमा जाने कुरा छैन । उहाँले नागरिकता मात्र लिएको हो, अन्य कुरा सच्चिएका छैनन् । प्रधानमन्त्री ज्यू रविलाई सरकारमा ल्याउने पक्षमा हुनुहुन्न ।’

तर, रविलाई पुन सरकारमा पठाउनका लागि एमाले प्रधानमन्त्रीलाई दबाफ दिइरहेको बुझिएको छ । एमाले निकट स्रोतले भन्यो, ‘रवि जीले नागरिकता लिइसक्नु भएको छ । उहाँ सरकारका आउँने सम्भावना छ ।’ यसै विषयमा अहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल भइरहेकाे छ । सांसद नरहेकाे व्यक्ति पनि ६ महिनासम्म सरकारमा सामेल हुन पाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *